बागलुङको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति
बाग्लुङ | पुस ७, २०७९
तस्बिर प्रकाश घर्तिको फेसबुकबाट
बागलुङः बागलुङको ताराखोला गाउँपालिका २ अर्गलस्थित किकल्ताको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ ।
हिजो बेलुका बिरबहादर घर्तिको घरमा करिव ११ बजेको समयमा आगलागी भएको ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्तिले जानकारी दिए ।
हिजो बेलुका करिव १० देखि १२ बजेको बिचमा घटना भएको हो, वडाध्यक्ष घर्तिले भने, ‘आगलागी हुँदा दुईतलाको घर पुर्ण रुपमा क्षति भएको छ, अहिले दाजुभाईको घरमा ५ जनाको परिवारले आश्रय लिएका छन् ।’
आगलागी हुँदा ४५ हजार नगद, २ टोला सुन, १६मुरी मकै, टिभी,१ वटा भैसी र घरमा रहेका खाद्यान्न र लत्ताकपडासहित भाडाकुडामा क्षति भएको छ । आगलागीबाट करिव २५ लाखको क्षति भए पनि आगलागीबाट मानवीय क्षति भएको छैन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

